दाङ–काठमाडौं पत्रकार समाजमा नयाँ कार्यसमिति

काठमाडौं, १२ असोज । ‘दाङ–काठमाडौं पत्रकार समाजले १५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
काठमाडौंमा आज (शनिबार) भएको प्रथम अधिवेशनले अनिल न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा विमल योगी र विनोद घिमिरे चयन भएका छन् ।
महासचिवमा ललितजंग डाँगी, सचिवमा विजय रेग्मी, रामकृष्ण शर्मा र प्रदीप बस्नेत तथा कोषाध्यक्षमा लोकराज अधिकारी चयन भएका छन् ।
समाजका सदस्यमा वीरेन्द्र केसी, नवराज सुवेदी, मुक्तिबाबु रेग्मी, माधव धिताल, लोकेन्द्र वली, पुष्पराज भारती र पुनम डाँगी चयन भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
समाज दाङबाट राजधानीमा आई पत्रकारितामा संलग्न एकसय बढी पत्रकारको संगठन हो । समाज तीनबर्ष अघि स्थापना भएको थियो ।
यसैबीच, समाजले दसैं र तिहारका अवसमा यस वर्ष पनि शुभकामना आदान प्रदानका लागि चियापना समारोहको कार्यक्रम राखेको छ । असोज–१९ गते शनिबार मध्यान्ह १२ बजे प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवमा चियापान समारोहको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया