टाइगर्सद्वारा उम्मेदवार घोषणा

राजविराज : सशस्त्र आन्दोलन परित्याग गरी राजनीतिक मूलधारमा आएको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स सप्तरीले जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
टाइगर्सका जिल्ला अध्यक्ष अनिलकुमार यादवबाट जारी गरिएको विज्ञप्तिअनुसार क्षेत्र नं १ बाट प्रत्यक्षमा रामेश्वर बाँतर, क्षेत्र नं २ बाट अनिलकुमार यादव, क्षेत्र नं ३ बाट टाइगर्सका केन्द्रीय उपाध्यक्ष मंगल पाण्डे भनिने भोलाप्रसाद मुखिया, क्षेत्र नं ५ बाट लालमोहम्मद राइन र क्षेत्र नं ६ बाट बलराम साहको नाम सिफारिस गरिएको छ ।
यसैगरी, समानुपातिकतर्फ क्षेत्र नं १ बाट राधेकृष्ण, राजकुमारी देवी यादव र उमेशकुमार रजक, क्षेत्र नं २ बाट अनिलकुमार झा, जोगेन्द्र साह, सीतादेवी ठाकुर, निर्मला साह र मनोज सिंहको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नं ३ नम्बरबाट भारतीकुमारी मण्डल र महेन्द्रप्रसाद यादव, क्षेत्र नं ४ नम्बरबाट ललित झा, जिबछ मुखिया र विन्देश्वर दास, क्षेत्र नं ५ बाट अरूणकुमार मण्डल र अयोधी मण्डल र क्षेत्र नं ६ बाट अमलादेवी मुखिया र ललितादेवी रामको नाम सिफारिस गरिएको छ । सो विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया