भारतीय नागरिक माथि गोली प्रहार

Goli Prharकाठमाडौं, ११ असोज । काठमाडौंमा अपरिचित समूहले चलाएको गोली लागेर एकजना भारतीय नागरिक घाईते भएका छन् ।
जोरपार्टीस्थित सुवास पार्टी प्यालेस नजिकै अपरिचित समूहले आज (शुक्रबार) विहान गोली प्रहार गर्दा भारत मोतीहारी घर भएका मोहम्मद मनसुल्लाह घाईते भएका बौद्ध प्रहरीका नायव उपरीक्षक मनोज केसीले जानकारी दिए । मनसुल्लाह राजधानीमा सिलाई पसलमा काम गर्दै आएका थिए ।
मनसुल्लाहको पेट र खुट्टामा गोली लागेको छ । मोटरसाईलमा आएका दुई जनाको समूहले उनलाई गोली प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उपरीक्षक केसीले बताए ।
गोली प्रहार गर्ने व्यक्तिको हुलिया र मोटरसाईलको खोजी भईरहेको केसीले बताए । घाईतेको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया