प्याजको मूल्य आकासियो

सप्तरी : सप्तरीमा प्याजको मुल्य आकासिएको छ । प्याजको मूल्य अस्थिरता हुदा उपभोक्ता मारमा परेका छन् । राजविराजस्थित हटियामा अहिले प्याज प्रतिकिलो ९० देखि १ सय २० रुपैया सम्ममा बिक्री भइरहेको छ । कुनै पसलमा प्रतिकिलो १ सय, कुनैमा १ सय २० रुपैयमामा प्याज बिक्री हुने गरेको छ । गाउघरबाट आउने व्यापारीले आफौ मूल्य तोकी ९० देखि १ सयमा स्थानीय व्यापारीले १ सय देखि १ सय २० रुपैया सम्ममा बिक्री गर्ने गरेको पाइएको छ । जिल्लामा प्याजको माग अत्यधिक रहेकाले एक साताभित्र आपूर्ति सहज नगरे यसको अभाव हुने व्यापारी सुरेश रजक बताउछन् ।

जिल्लामा केही दिनदेखि प्याजको मूल्यमा तलमाथि हुदै गएकाले ठूला व्यापारी गोदाममै थन्क्याएर राखेका कारण यसको अभाव चर्किंदै गएको व्यापारी बताउाछन् । गाउाघरबाट कम मात्रामा प्याज बिक्रीका लागि आउने गरेकाले सप्तरीका बजारमा चिनिया प्याजले राम्रो बजार पाएकाले मूल्य अस्थिर हुदै गएको व्यापारीको भनाइ छ ।सप्तरी सदरमुकाम राजविराजमा दैनिक पााचदेखि छ क्विन्टलसम्म माग रहे पनि अहिले दुई/तीन क्विन्टलले धान्नुपर्ने अवस्था आएको व्यापारीको भनाइ छ । (सौस)

प्रतिक्रिया