कक्षा १२ मा ३८.६३ विद्यार्थी उत्तीर्ण

काठमाडौं, १० असोज । उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले बुधबार कक्षा १२ को परीक्षा फल प्रकाशित गरेको छ ।

प्रकाशित नतिजाअनुसार नियमिततर्फ ३८.६३ विद्यार्थी उत्तीण भएका छन् । भने एक्जामेटेडतर्फ ३०.९६ प्रतिशत परीक्षार्थी उत्र्तीण्ँ भएका छन् ।
बैशाख महिनामा लिइएको कक्षा १२ को परीक्षा ५ महिनापछि पनिकाले बुधबार मात्र परीक्षाफल प्रकाशित गरेको हो । यसअघि विज्ञान समूहको परीक्षफल प्रकाशित गरिसकेको छ । पनिकाले बुधबार व्यवस्थापन, मानविकी तथा शिक्षा विषय समूहको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजाअनुसार नियमिततर्फ ८० हजार ६ सय २० जना उत्तीर्ण भएका छन् भने एक्जामटेडतर्फ ४२ हजार ५ सय ३८ जना उत्र्तीण भएको परिषद्का प्रवक्ता नारायण कोइरालाले जानकारी गराए । उनका अनुसार नियमिततर्फ परीक्षामा २ लाख ८ हजार ७ सय १ र एक्जामटेडतर्फ १ लाख ३७ हजार ५ सय १२ परीक्षार्थी सहभागी भएका थिए । कोइरालाले नियमिततर्फ १ सय ५१ जनाको परीक्षा रद्द र ५ जनाको परीक्षाफल स्थगित गरिएको जानकारी गराए । एक विषय लागेका विद्यार्थीको लागि परिषद्ले कात्तिक ३ गते मौका परीक्षा पनि तोकेको छ ।
यस्तै, एक्जामेटतर्फ ५५ जनाका परीक्षाफल रद्द र ११ जनाको परीक्षा स्थगित गरिएको छ । पनिकाले यस वर्ष ढिलो परीक्षाफल प्रकाशित गरेको हो । गत वर्ष भदौको पहिलो हप्ताभित्र पनिकाले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दै आएको थियो । नतिजा वेवसाइट www.hseb.edu.np / www.hseb.ntc.net.np मा हेर्न सकिने पनिकाले जनाएको छ ।

प्रतिक्रिया