विपन्न तथा गरिबको उपचारमा सरकारी सहयोग

चितवन, १० असोज । चितवनमा विपन्न तथा गरिब समुदायका व्यक्तिको उपचारमा सरकारले सहयोग गर्ने भएको छ ।

विपन्नवर्गलाई लक्षित गरी तोकिएको अस्पतालमा एक लाखसम्मको उपचारमा उक्त सहयोग गरिने भएको हो ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको ‘नयाँ विपन्न नागरिक औषधि उपचार कोष २०७०’ चितवनमा लागू भएसँगै उक्त राहत रकम दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद पोख्रेरलले जानकारी दिए । उक्त रकम विशेष गरेर मुटु, मृगौला, क्यान्सरलगायतका कडा रोग भएका बिरामीले पाउनेछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा मंगलबार सम्पन्न जिल्लास्तरीय विपन्न नागरिक औषधि उपचार सहायता सिफरिस समितिको पहिलो बैठकले उक्त निर्देशिका कार्यान्वयन गर्दै सो रकममा वृद्धि गरेको हो । यसअघि विपन्न नागरिकलाई ५० हजारसम्म मात्र आर्थिक सहायता प्रदान गरिएको थियो । कार्यालयका प्रमुख केहरसिंह गोदारले भने, ‘अब निर्देशिका बमोजिम एक लाखसम्म औषधि उपचारमा सहयोग
उपलब्ध गराइनेछ ।
बठैकले विपन्न समुदायलाई औषधि उपचारमा सहयोगका लागि प्रत्येक महिनाको ८ गते, १५ गते, २२ गते  र ३० गते बैठक बसी निर्णय गर्नेछ । साथै उक्त सहयोग प्राप्त गर्न आर्थिक अवस्था कमजोर भएका उपचारमा रहेका बिरामीले गाविस वा नगरपालिका र स्थानीय शान्ति समितिको विपन्न सिफारिसपत्र अनिर्वायसमेत गरेको छ ।

प्रतिक्रिया