लिंकन र कार्टर सेन्टरलाई कारबाही गरिने

The_Carter_Centerश्रम विभागले गैरकानुनी रूपमा सञ्चालन हुँदै आएका लिंकन स्कुल र कार्टर सेन्टरलाई कारबाही गर्ने तयारी गरेको छ ।

विभाग स्रोतका अनुसार नेपालमा दर्ता नगरी सञ्चालनमा आएको लिंकन स्कुलले शिक्षाभन्दा बढी क्रिस्चियन धर्मको प्रचार गरिरहेको छ । रवि भवनमा रहेको यो विद्यालयमा आउने कामदारले विभागमा तिर्नुपर्ने १० हजार शुल्क नबुझाएको तथा आम्दानीको १५ प्रतिशत राजस्व सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान भए पनि त्यो नतिरेको उजुरी विभागमा परेको छ ।
कार्टर सेन्टरले पनि श्रम विभागमा कुनै जानकारी नगराई नेपालमा मनोमानी ढंगबाट काम गर्ने गरेको पाइएको छ । विभागमा तिर्नुपर्ने १० हजार शुल्क नतिरेको तथा आम्दानीको १५ प्रतिशत राजस्व नतिरेका कारण कारबाही गर्न लागिएको विभागले जनाएको छ ।
‘उनीहरूलाई परराष्ट्रले अफिसियल भिसाविना नै प्रमाण दिँदै आएको छ । उनीहरूले श्रममा स्वीकृत लिएका छैनन् । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ विभाग स्रोतले भन्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाइएको छ । विदेशीले काम गर्न वर्क–पर्मिट चाहिन्छ । वर्क–पर्मिट पाए उसले आम्दानीको १५ प्रतिशत सरकारलाई कर तिर्नुपर्छ । श्रममा १० हजार राजस्व बुझाउनुपर्छ । यी दुई संस्थामा रहेका कुनै पनि कामदारको वर्क–पर्मिट नभएको पाइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया