‘क्रिकेट’ विजेता टिमलाई १ लाख २५ हजार

Cricaketकाठमाडौं, ९ असोज । पेप्सी स्ट्याण्डर्ड चार्टर्ड सिनियर ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाल क्रिकेट संघले असोज–१० देखि १८ गतेसम्म काठमाडौंमा सो प्रतियोगिता गर्न लागेको आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ । ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको प्रायोजन वरुण वेभरेज (नेपाल) प्रा.(लि) र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गरेका हुन् ।
विजयी टिमलाई १ लाख २५ हजार सहित ट्रफी प्रदान गरिने छ । उपविजेतालाई ७५ हजार म्यान अफि दी सिरिजलाई १५ हजार बेस्ट ब्याट्सम्यान र वेष्ट बलरलाई १० हजार पुरस्कार दिईने छ ।
प्रतियोगितामा ९ वटा क्षेत्रीय, २ विभागीय सशस्त्र प्रहरी बल र नेपाली सेना समेत ११ टिमको सहभागिता रहनेछ ।
क्षेत्र नम्बर ९ र नेपाली सेनाको टिम यसै प्रतियोगितामा पहिलोपल्ट सहभागी भएका हुन् । (फाईल तस्विर)

प्रतिक्रिया