गोपीकृष्ण हल सञ्चालक पौडेललाई पितृशोक

Uddhab Poudel 1चलचित्र निर्माता तथा गोपीकृष्ण मुभिज प्रालिका अध्यक्ष उद्धव पौडेलका पिता गायत्रीप्रसाद पौडेलको मंगलबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गायत्रीको ९७ वर्षको उमेरमा निधन भएको हो । उनको मगलबार नै पशुपतिमा दाहसंस्कार गरिएको थियो । स्वर्गीय पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा चलचित्र क्षेत्रका अधिकांश व्यक्ति पुगेका थिए । चलचित्रकर्मीहरूले उनको निधनले चलचित्र क्षेत्रले एक सच्चा अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन् । (सौस)

प्रतिक्रिया