यात्रा, असम्भवबाट सम्भवतर्फ

Bilboardकला हम्मेसी मेरा लागि सम्मोहक रहँदै आएको छ । मलाई यस्तो किन लाग्ने गरेको छ भने मैले कहिल्यै यतिसम्म भए ठीक छ भनी रेखैरेखाहरूको सञ्जाल कोर्ने र तिनलाई रंगहरूको सम्पूर्ण गहिराइसाथ अप्रतिम आभा प्रदान गर्न सक्छु भनेर कल्पनासम्म गर्न सक्दिनँ । आफ्नो जीवनमा मैले बनाएको चित्र यति मात्र थियो– फेदीमा सानो घर भएका पहाडहरूको दृश्य । चित्रलाई अझ अलिकति सुन्दर पार्न मैले त्यसमा केही रूख, एउटा नदी र पहाडहरूको बीचबाट उदाउँदै गरेको सूर्यको सानो आकृति थप्न सक्थेँ । मलाई लाग्छ, कलाकारको धैर्य र अन्तर–आभाप्रति मलाई सधैँ नजानिँदो ईष्र्या रहँदै आएको छ । मलाई थाहा छ, म कलाकार बन्न कहिल्यै सक्दिनँ ।

तर, हालै मात्र मैले आºनो जीवनकै एक न्यानो अनुभव सँगाल्ने अनौठो अवसर पाएँ जसको सकारात्मक र दीगो प्रभाव मेरो मनमस्तिष्कमा सधँै रहिरहनेछ ।
मेरी साथी दीप्तीको आग्रहमा एउटा कार्यशालाका लागि लिपिकार—ट्र्रान्सक्राइबर—को रूपमा मैले पोखरा जानुपर्ने भयो, उनी आफू भने ज्वरोले थला परेकी थिइन् । मैले हुन्छ भन्दै टाउको हल्लाएँ र यात्राका लागि गुण्टा कसें । पोखरा नटेक्दासम्म मलाई त्यो कार्यशालाको विषयवस्तु के हो भन्ने सम्बन्धमा रत्तिभर जानकारी थिएन । त्यहाँ मैले अश्मिना र बसन्तलाई भेटें, उनीहरू मलाई लिन विमानस्थल आएका थिए । त्यहाँबाट हामी स्थानीय अन्नपूर्ण एफएम स्टेशनतिर लाग्यौँ, अश्मिनाको अन्तर्वार्ता लिन त्यस एफएमले उनलाई आफनै कार्यालयमा डाकेको रहेछ । अब बल्ल मैले थाहा पाएँ, अश्मिना एकजना कलाकार हुन् र म सहभागी हुनुपर्ने कार्यशाला पक्कै पनि कलासँग सम्बन्धित हुनुपर्छ ।
बबिलबोर्डको विश्लेषण गरेका थियौँ । हामीले ती बिलबोर्डहरूमार्फत प्रवाह गर्न खोजिएका खास विज्ञापनिक सन्देश ठम्याउनुपर्ने थियो । बिलबोर्डहरूको एकपछि अर्को निर्जीव लस्करबीच एउटा बिलबोर्ड नितान्त फरक थियो र जीवनका रंगहरूले भरिपूर्ण पनि । त्यस बिलबोर्डमा एकजना पुरुषले एउटी महिलालाई चिया दिँदै गरेको दृश्य थियो । त्यसमा निहीत सन्देश पनि स्पष्ट थियो– बिलबोर्डमा देखाइएको पुरुषले परम्परागत लैङ्गिक भूमिका उल्ट्याएको थियो र त्यसक्रममा आफ्नी श्रीमतीलाई चियाको कप दिइरहेको थियो ।
मैले लख काटेजस्तै, म सहभागी हुन गइरहेको कार्यशाला कलासम्बन्धमा हुन गइरहेको थियो र लैङ्गिक भूमिका एवं लैङ्गिक मुद्दाहरू त्यसमा समावेश गरिएका मूल विषयवस्तु थिए । अश्मिनाको बोलीको ओज र पत्रकार सम्मेलनमा उनले व्यक्त गरेका उनका आस्था एवं मान्यताहरूप्रतिको दृढ विश्वास देखेर म पहिले नै प्रभावित भइसकेको थिएँ । तर म सम्मेलनमा सहभागी पत्रकारहरूको जिस्क्याए जस्तो लाग्ने व्यवहार र व्यंग्यात्मक शैली देखेर साँच्ची नै आक्रोशित बनेको थिएँ । यस्तो अनुभव भइरहेको थियो मानौं पत्रकारहरूले सकारात्मक ढंगले सोच्न थाल्ने हो भने पनि त्यसका लागि उनीहरूले पैसा तिर्नुपर्छ π पत्रकारहरूले कुनै तयारी नगरेको त स्पष्ट थियो नै, उनीहरूमा सम्मेलनको विषयवस्तुप्रति पनि कुनै उत्साह नै देखिँदैनथ्यो ।
पत्रकार सम्मेलनपछि हामी लुम्लेतर्फ बाटो लाग्यौँ । यसै ठाउँमा कार्यशाला हुन गइरहेको थियो । बाटोभरि मलाई के महसुस भइरहेको थियो भने कार्यशालाका सहभागीहरू त्यसको उद्देश्यबारे अनभिज्ञ छन् । कार्यक्रमस्थल पुगेपछि हामीले आआफ्नो निर्धारित कक्षमा आश्रय लियौँ । साँझ केही वरिष्ठ कलाकार र आयोजकबीच रोचक छलफल भयो । त्यहीबेला मैले नेपालमा कलाको अवस्था के रहेछ भनेर जान्न पाएँ । मैले थाहा पाएँ— कलाको क्षेत्रमा कसरी अरू देशहरू नयाँ शैली, प्रविधि र अवधारणाहरू अँगाल्दै निरन्तर अगाडि बढ्दै गइरहेका छन् । तर नेपाली कलाकारहरूमा भने कलासम्बन्धी दृष्टिकोण निकै अनुदार र परम्परागत छ । साँझको छलफल अगाडि बढ्दै थियो— किन नेपाली कलाकारहरू आफनो कला सिर्जनामार्फत यथोचित प्रभाव पार्न सक्षम भइरहेका छैनन् ? मलाई लाग्छ, अमृत कार्की, हेमकान्ती गुरुङ, ज्योति गुरुङ, प्रभा गुरुङ जस्ता युवा कलाकारले यस्ता छलफलहरूबाट मनग्गे सिक्न सक्छन् र विश्वकला परिदृश्यसंगै हातेमालो गर्दै अगाडि लम्कन सक्छन् । कलाबारे रहेको उनीहरूको विचारमा परिवर्तन हुनुपर्ने आवश्यकता स्वयं वरिष्ठ कलाकारहरूले नै पनि महसुस गरे । अब, उनीहरूले आफना कला सिर्जनाहरूमा के कसरी परिवर्तन ल्याउनेछन् भन्ने प्रश्नको जवाफ त भविष्यले नै देला ।
कार्यशालाको अर्को उल्लेखनीय पक्ष के थियो भने यसमा एउटा खास अवधारणा थियो, अझ भनौं, एउटा खास उद्देश्यसहित यो कार्यशाला हँुदै थियो । म बितेको लामो समयदेखि फोटोग्राफी गर्दै आइरहेको छु, तर पनि मलाई सधंै के लागिरहन्छ भने मैले खिंचेका तस्वीरहरूमा कतै केही कुरा नपुगेजस्तो, केही हराएजस्तो हुन्छ । यहाँ आएर बल्ल मैले बुझेको छु— मेरा तस्वीरहरू बिना कुनै अवधारणा खिचिएका हुँदा रहेछन् । अबको मेरो बुझाइ के हो भने कुनै व्यक्ति विशेषको सुन्दरता वा अनुहारको भाव भंगिमासहितको तस्वीर खिंच्नु त दोयम कुरा मात्र हो, अव्वल कुरा त मैले खिंचेका तस्वीरमा निहीत अर्थपूर्ण सन्देश पो हो । यही बुझाइ हासिल हुनु मात्रले पनि यो कार्यशाला मेरा लागि कति उपलब्धिपूर्ण रह्यो भन्ने अनुमान लगाउन सकिन्छ ।
कार्यशालाको एक सहभागी भएकाले मैले लैङ्गिक मुद्दाहरूबारे आफनो ज्ञान बढाउने अवसर पनि पाएँ । मैले के बुझें भने यद्यपि म समानता र स्वतन्त्रतामा विश्वास गर्ने मानिस हूँ, तापनि मेरा गतिविधिहरू जानेर या नजानेरै भेदभावपूर्ण पनि हुन सक्छन् । आजभोलि म आफूले के भन्छु, आफूलाई कसरी अभिव्यक्त गर्छु र के कस्ता कामहरू गर्छु भन्ने कुराहरूमा म पूर्ण सचेत रहन्छु । म अब अझ बढी सचेत भएको छु, के कुरामा भने आफू शिक्षित भेदभावपूर्ण व्यवहारबारे राम्ररी जानकारी राख्ने व्यक्ति भए पनि कतै आफनो व्यवहारमा पटकपटक त्यही ब्योहोरा दोहोऱ्याइरहने प्रवृत्ति देखाइरहेको त छैन π नेपालको एउटा समस्या नै यही हो, होइन र ? हाम्रा नेताहरू असल शासन—गुड गभर्नेन्स—बारे राम्ररी जानिफकार छन् तर उनीहरू नै भ्रष्टाचार र दमनमा लिप्त छन् । राजा ज्ञानेन्द्रको शासनकालमा उनले पटकपटक नागरिक स्वतन्त्रताको बारेमा कुरा गरिरहे, तर आफूले सकुञ्जेल उनले नागरिक अधिकार हनन गर्ने काम पनि गर्दै रहे । कुनै व्यक्तिले आफूलाई बालअधिकारवादी अभियन्ता भन्ने गर्छ तर उसले नै कुनै बालक वा बालिकालाई आफनो घरधन्दा गर्न राखेको हुन्छ । के हाम्रो समाज यस्तै उदाहरणहरूले भरिएको छैन र ?
यो कार्यशाला मेरा लागि यस्तै किसिमका मानवीय व्यवहारहरूको विश्लेषण गर्ने अवसर पनि हुन गयो । एउटा उदाहरण, एकजना युवती थिइन् जसले आफूलाई महिला अधिकारको क्षेत्रमा काम गर्ने भनेर परिचय दिइन् तर उनले कार्यक्रम नै महत्वहीन रहेको र त्यसकारण कुनै प्रभाव छोड्न झनै असफल रहने धारणा विश्वासपूर्वक व्यक्त गरिन् । तर अनौपचारिक कुराकानीको क्रममा उनले के भनिन् भने उनी कुनै धनीमानी पुरुषसित विवाह गरी घरजम गर्न उत्सुक छन् जसले गर्दा बाँकी जीवन सहजतापूर्वक बिताउन सकियोस् । यो भनिरहेको बेला, महिलाहरू आर्थिकरूपमा स्वतन्त्र हुनु आवश्यक छ भन्ने उनका विचारहरू कहाँ छरिन पुगेका थिए ? अनेक सहभागीहरूको विचार उनीहरू कार्यशाला स्थलभित्र बसेको बेला एउटा हुन्थ्यो भने उनीहरूको व्यवहार उनीहरूको विचारभन्दा नितान्त बेग्लै हुन्थ्यो ।
यसो भए तापनि, मैले सहभागीहरूको मानसिकतामा परिवर्तन आएको भने महसुस गरें । त्यति धेरै मानिसहरू लैङ्गिक भेदभावविरुद्ध काम गर्न कम्मर कसेर लागिरहेका बेला, त्यसको विरोध गर्ने अन्य विचारका बटुवाहरू प्नि त्यससँग सहमत हुँदै जान थाले । कतिपयले भेदभावपूर्ण व्यवहारलाई माया र स्नेह भनेर ढाकछोप पनि गर्न खोजे तर यो विचार अन्य सशक्त अवधारणाहरू अगाडि आउँदा त्यतिकै बिलाएर गयो । मेरो विचारमा महिला र पुरुषबीच लैङ्गिक समानता एवं सह—अस्तित्वको सर्वश्रेष्ठ जीवन्त उदाहरण अश्मिना र बसन्तको रूपमा हाम्रै सामु छ । बसन्तले उनीहरूको छोरा अबको हेरचाह गरिरहेका थिए भने अश्मिनाले कार्यशालामा एकाग्र भएर काम गरिरहेकी थिइन् । उनीहरू दुईबीचको सम्बन्धमा कस्तोविधि आत्मीयता देखिन्थ्यो भने कार्यशालामा उपस्थित हरेक सहभागी उनीहरूबाट प्रेरित भइरहेका थिए । उनीहरूले —बच्चाको हेरचाह गर्ने काम महिलाको हो भन्ने हाम्रो सामाजिक विश्वासका विरुद्ध— आफ्नै उदाहरण प्रस्तुत गरिरहेका थिए ।
कार्यक्रमको अर्को सकारात्मक पाटो के थियो भने कार्यशाला अगाडि बढ्दै जाँदा सहभागीहरू अझ खुलस्त हुँदै गए । वीरगञ्जबाट सहभागी भएकाहरू सुरुसुरुमा त उनीहरूको क्षेत्रमा महिलाविरुद्ध कुनै भेदभाव छैन भन्दै बहस गरिरहेका थिए । तर पछि उनीहरू नै महिलाहरूले किन यस्तो भेदभाव सहनुपर्छ भन्दै जोडदार ढंगले प्रश्नहरू सोधिरहेका थिए । केही युवा सहभागीहरूले आफनो जीवन भोगाइका मन छुने प्रसंगहरू पनि सुनाए । ती युवा सहभागीहरूलाई आफना कुरा कार्यशालामा निर्धक्कसँग राख्न जसरी प्रत्येक सहभागीले प्रेरित गरे, त्यो पनि यस कार्यशालाको अत्यन्त सकारात्मक पक्ष हो । मेरो विचारमा, त्यस किसिमको प्रोत्साहनले युवाहरूलाई हुर्किन, सबल बन्न र आत्मविश्वासी हुन ठूलो सहयोग पुऱ्याउनेछ ।
मैले यी पंक्तिहरू लेख्दा सिरानमै, आफूमा कलाको कुनै ज्ञान नभएको र कुनै चित्र कोर्न आफू अयोग्य भएको उल्लेख गरेको थिएँ । तर यो कार्यशाला र त्यसपछिको प्रदर्शनी पश्चात् भने मलाई म पनि कलाकार भएँ भन्न थालियो । मेरा पाँचजना साथीहरू सुष्मा शाक्य, राजन काफ्ले, जुपिटर प्रधान, मेख लिम्बू र अमृत कार्कीले मैले अगाडि सारेको अवधारणाअनुरूप एउटा प्रतिस्थापन कलासिर्जनामा काम गरे, र प्रदर्शनीमा आउने धेरै मानिसहरूले यो सिर्जनाको प्रशंसा गरे । यस प्रसंगले सहकार्यको शक्ति दर्शाउँछ । मेरा विचारहरू दिमागभित्र त्यत्तिकै हराएर जाने थिए यदि मेरा कलाकार साथीहरूले मेरो अवधारणालाई भौतिक आकार प्रदान नगरेका हुन्थे भने । मेरो सिर्जना ती तमाम सहभागीहरूको खास किसिमको मानसिकताको जवाफ पनि हो जो सहकार्य गऱ्यो भने आफूमाथि अरूहरूको विचार लादिन्छ भनेर त्रसित र भयग्रस्त रहन्छन् । मेरो विचारमा यो बिल्कुल गलत अवधारणा हो किनभने सहकार्यले अझ बढी अर्थपूर्ण सिर्जना रचना गर्न सघाउँछ । सहकार्यले एकता, एकजुटता र मिलीजुली सिक्ने कला विकास गर्न सघाउँछ । यो हाम्रो सीमित ज्ञानको क्षितिज फराकिलो पार्ने एक तरिका हो । नेपाली कलाकारहरू अगाडि बढ्न र कला जगतले यसअघि कहिल्यै नदेखेका सिर्जनाहरू निर्माण गर्न चाहन्छन् भने उनीहरूले मिलीजुली काम गर्न वा सहकार्य गर्न सिक्नै पर्छ ।
कार्यशालामा प्रदान गरिएको वातावरण आफनै किसिमले विशिष्ट थियो जसमा प्रत्येक सहभागी समान थियो, प्रत्येकले सिकाइरहेको थियो र प्रत्येकले सिकिरहेको पनि थियो । प्रत्येक सहभागी आफ्नो शैलीमा विशेषज्ञ थियो र आफ्नो त्यही विशेषज्ञता अरुहरूसित साटफेर गर्दै थियो । यसरी यो कार्यशाला मेरा लागि अत्यन्त सुखद अवसर बन्यो जसले म आफू कहिल्यै हुन नसक्ने व्यक्तित्वमा मलाई रूपान्तरण गरीदियो । यसले मलाई असम्भवहरूभित्र सम्भावनाहरूको खोजी गर्न सिकायो ।

(अंग्रेजीबाट नेपाली अनुवाद : जयदेव गौतम/‘आवाजहरू अब मौन छैनन्’ बाट)

प्रतिक्रिया