क्यान्सर रोगी बढे

चितवन, ९ असोज । क्यानसर अस्पताल भरतपुरमा उपचार गराउने बिरामीहरूको संख्यामा वृद्धि हँुदै गएको पाइएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका विविध गतिविधिबारे जानकारी दिँदै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१० मा ८७ हजार ४१ रहेकोमा त्यो बढेर ११ मा ९० हजार २२ बिरामीहरू क्यान्सर अस्पतालमा उपचार गराउन आएका अस्पताका कार्यकारी निर्देशक एलएन सिहंले जानकारी दिए । उनका अनुसार सन् २०१२ मा ९४ हजार सात सय ८८ जनाले उपचार गराएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०६९/७० मा ६ हजार तीन सय ७६ जना क्यानसर बिरामीलाई ५८ करोड ४८ लाख ५९ हजार ५ सय ९१ रुपियाँ बराबरको नि:शुल्क उपचार तथा औषधि वितरण गरेको अस्पतालका कार्यकारी निर्देशक एलएन सिहंले बताए ।
साथै अस्पतालले आर्थिक वर्षे ०६९/७० मा ४३ करोड ५४ लाख ६ सय ४२ रुपियाँ आम्दानी रहेको र ७२ करोड ६६ लाख २८ हजार पाँच सय १३ रुपियाँ खर्च रहेको आयव्यय प्रस्तुत गरिएको थियो । पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक सिंहले दिनानुदिन बढ्दै गइरहेको बिरामीको चापलाई मध्येनजर गदै तत्काल बेड अभावलाई हटाउन दुई सय बेड क्षेमताको पाँच तले अत्याधुनी भवन र रेडियोथेरापी बंकरको निर्माण कार्य भइरहेका जानकारी दिए
यसैबीच, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १० असोजमा परेको नौँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस तथा अस्पतालको १४आँै वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । अस्पतालले मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवका तयारीको बारेमा जानकारी दिएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन स्वास्थ्य सचिव डाक्टर प्रवीण मिश्रले गर्ने कार्यक्रम रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो अवसरमा चिनियाँ राजदूतावासका प्रतिनिधिसमेत उपस्थिति रहने बताइएको छ ।

 

आन्दोलनरत कर्मचारीको मागबारे बैठक बस्ने
चितवन : क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर एलएन सिंहले आनदोलनरत क्यान्सर अस्पतालका कर्मचारीको मागलाई बुधबार सञ्चालक समितिको बैठकमा पेस गर्न सहमति जनाएका छन् ।
मंगलबार आन्दोलनरत नेपाल स्वास्थ्य कर्मचारी युनियनका कर्मचारीसँग भएको बैठकमा कर्मचारीका जायज माग पूरा गर्न सहमति जनाएको युनियनका केन्द्रीय सदस्य पुष्कर त्रिपाठीले जानकारी दिए । यसअघि कर्मचारीहरूले कार्यकारी निर्देशक र उपनिर्देशकको कार्यकक्षमा नेपाल सरकारले बढाएअनुसारको तलब आफूहरूको पनि वृद्धि हुनुपर्ने माग गर्दै ताला लगाएका थिए । उनीहरूले अस्पतालले वृद्धि विकासका लागि ल्याएको कार्यक्रमको कार्यान्वयन हुनुपर्ने, स्थायी हुने प्रक्रियाका कर्मचारीको नतिजा प्रकाशित गर्नुपर्नेलगायतका तीनबुँदे माग पेस गरेका छन् ।
तत्कालीन निमित्त कार्यकारी निर्देशक डा. सिवी पुन, डा. भोला रौनियार र डा. विजय आचार्य सम्मेलित समितिसँग चार महिनाअगाडि मागको बारेमा सुनुवाइ गर्ने सम्झौता भएको थियो ।
सम्झौता कार्यान्वयनतर्फ कुनै ध्यान नदिइ प्रशासनको बलको भरमा आफूहरूको जायज मागलाई लत्याउन खोजिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचरी युनियन बिपी कोइराला क्यान्सर अस्पताल एकाइ समितिका सचिव रूद्रप्रसाद उप्रेतीले आरोप लगाएका छन् ।

प्रतिक्रिया