राहत शिक्षकको आन्दोलन फिर्ता

Rahat-Teacherबाजुरा, ९ असोज । नेपाल राहत शिक्षक संघर्ष समिति बाजुराले जिल्ला शिक्षा कार्यालयमा गरेको ताला बन्दी मंगलबार तीन दिनका लागि फिर्ता लिएको छ ।

केन्द्रीय सर्कुलरअनुसार आफ्ना पाँचबँदे माग शिक्षा विभागले पूरा गर्ने आसवासन दिएपछि आन्दोलन तीनदिनका लागि फिर्ता गरेको संर्घष समितिका अध्यक्ष खड्क जोशीले बताए । स्थायी शिक्षक सरह सेवासुविधा पाउनु पर्ने बताउँदै आएका राहत शिक्षकहरूले आठदिनसम्म जिल्ला शिक्षा कार्यालयमा दिनभर ताला लगाउँदै आएका थिए ।
केन्द्रीय सर्कुलरअनुसार गरिएको तालाबन्दी कार्यक्रमलाई माग पूरा नभएसम्म जारी राख्ने भदै शिक्षकहरूले जिल्ला शिक्षा कार्यालयमा पाल हालेर धर्नामा बसेका थिए ।  राहत शिक्षकहरूले पोशाक भत्ता, दुर्गम भत्ता, १८ प्रतिशत तलब वृद्धिलगायतका माग राख्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । राहत शिक्षकहरूले माग पूरा नभए फेरि आन्दोलनमा आउने चेतावनी दिएका छन ।  एउटै तहमा अध्यायपन गराउने एउटै योग्यता भएका शिक्षकहरूलाई पनि दुई किसिमको सेवासुविधा मान्य नभएको र विभेदकारी सरकारी नीतिको विरोध गर्दै आएका आन्दोलनकारी  विद्यालयको पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएका थिए ।
यता शिक्षा कार्यालयमा आठदिनसम्म कामकाज प्रभावित भएको जिल्ला शिक्षा कार्यालयका उप–सचिव कृष्ण कुँवरले बताए । आन्दोलनमा एक सय बढी राहत शिक्षकहरू धर्नामा बस्दै आएका थिए । सबै जसो सरकारी कार्यालका राहत शिक्षक आन्दोलनका लागि जिल्ला सदरमुकाम मार्तडी आएपछि गाउँका विद्यालयको पठनपाठन प्रभावित भएको थियो ।

प्रतिक्रिया