निगमका चार कर्मचारी अख्तियारको थुनामा

oilकाठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था घाटामा रहे पनि कर्मचारीलाई बोनस बाँडेको अभियोगमा नेपाल आयल निगमका कार्यकारी निर्देशकसहित चार उच्च तहका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले घाटामा रहेको संस्थालाई थप आर्थिक क्षति पुर्‍याउने गरी बोनस बाँड्ने आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र शाह, प्रबन्धक कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको हो । आयोगले आºनो निर्देशनविपरीत कर्मचारीलाई बोनस बाँडेको भन्दै उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो । निगमले बर्सेनि घाटामा गएको उल्लेख गर्दै जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ । मूल्यवृद्धि गरे पनि घाटापूर्ति हुन नसकेको जिकिर गर्दै निगमले सरकारबाट करोडौँ रकम लिने गरेको छ । एक साताअघि मात्र निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले एक अर्ब ६८ करोड मासिक घाटा देखाउँदै आएको छ ।
अख्तियारको निर्देशनविपरीत निगमले केही दिनअघि ०६५ सालमा भएको नाफाबापतको बोनस वितरण गरेको थियो । नाफाबापतको बोनस वितरण गरेको थियो ।

अख्तियारले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म कुनै प्रकारको बोनस वितरण नगर्न निर्देशन दिएको थियो । यस्तो निर्देशन ०६५ सालमै दिइएको आयोगले जनाएको छ । अख्तियारको निर्देशनपछि निगमको सञ्चालक समितिले पनि कुल सञ्चित नोक्सानी पूर्ति भई नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण रोक्ने निर्णय गरेको थियो । अख्तियारको निर्देशन र सञ्चालक समितिकै निर्णयविपरीत बोनस बाँडेपछि उनीहरूलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन् ।

प्रतिक्रिया