‘बुथ’मा नेविसंघका ५० विद्यार्थी नेता

Nepal-Student-Unionकाठमाडौं, ८ असोज । चुनावलाई सहयोग गर्न नेपाल विद्यार्थी संघले प्रत्येक बुथमा ५० जना विद्यार्थी परिचालन गर्ने जनाएको छ ।
काठमाडौंमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर नेविसंघले बुथको सुरक्षा र चुनावमा धाँदली हुन नदिन पचास विद्यार्थी नेता तथा कार्यकर्ता परिचालन गर्न लागेको जनाएको हो । खटिने विद्यार्थीले चुनावमा स्वयं सेवकले जस्तै सहयोग गर्ने छन् ।
‘चुनावको सफलताका लागि यूवा नेतृत्व र लोकतान्त्रिक संविधान निर्माण गर्न कांग्रेसको नेतृत्व आवश्यक छ,’ संघले जनाएको छ ।
देश भरिका ५० हजार १ सय ७५ जनालाई कार्तिक–३ गते चुनावी रणनीति र कार्यनीतिका सम्बन्धमा विशेष प्रशिक्षण दिएर खटाउने संघले उल्लेख गरेको छ ।
संघले प्रत्यक्षमा ६ र २२ जना समानुपातिक तर्फबाट सिफारिस भएको जनाएको छ । पूर्व अध्यक्ष र पदाधिकारीहरु मध्ये ३५ जना प्रत्यक्षतर्फबाट एवं ५४ जना समानुपातिकबाट सिफारिस भएको केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले जानकारी दिए ।
अध्यक्ष रञ्जीत कर्णले अघिल्लो संविधानसभामा यूवाहरुको प्रतिनिधित्व हुन नसक्दा असफल भएको बताए । उनले अबको निर्वाचनमा प्रत्येक जिल्लाबाट यूवा उमेदवारलाई प्राथमिकता दिनु पर्ने माग गरे ।

प्रतिक्रिया