अन्तरिम संविधान संशोधन गर्न सुझाव

4-dal-meeting-2012-05-09-56काठमाडौं, ६ असोज । उच्चस्तरीय राजनीतिक समितिले नेपाली सेना परिचालनका अन्तरिम संविधान संशोधन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
काठमाडौंमा आज (सोमबार) बसेको समितिको बैठकले सेना परिचालनमा देखिएको संवैधानिक अड्चन हटाउन अन्तरिम संविधान संशोधन गर्न सुझाव दिने निर्णय गरेको हो । ‘बाधक अड्काउ फुकाउ मार्फत् अन्तरिम संविधान संशोधन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको छ,’ एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
बैठक पछि पत्रकारसँग कुरागर्दै नेता पन्तले यथाअवस्थामा चुनावी सुरक्षामा नेपाली सेना परिचालन गर्न नसकिने भएकाले संविधान संशोधन आवश्यक रहेको बताए ।
अन्तरिम संविधानको धारा १ सय ४५ को उपधारा (५) लाई संशोधन गर्नु पर्ने समितिको भनाई छ ।
चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न संवैधानिक जटिलता देखिए पछि समिति र सरकार सहमतिमा संविधान संशोधनको प्रक्रियामा लागेको थियो ।

प्रतिक्रिया