भाईको छातीमा दाईको खुकुरी

hatya 4दाङ, ५ असोज । दाङको लक्ष्मीपुरमा घरायसी कुरामा विवाद हुँदा दाईले भाईको छातीमा खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।
३७ वर्षीय भाई वीरबहादुर चौधरीलाई शुक्रबार मध्यराति लक्ष्मीपुर­६ का ४० बर्षीय मागु चौधरीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने मागुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
‘घरायसी विवादका कारण धारिलो हतियार खुकुरी प्रहार गर्दा वीरबहादुर घाईते भएका छन्,’ प्रहरीले भनेको छ, ‘छातीमा गम्भीर चोट लागेको छ ।’
गम्भीर घाईते वीरबहादुरलाई थप उपचारका लागि नेपालगंज लगिएको छ ।

प्रतिक्रिया