पहिरनले रेखाको उम्मेदवारी ओझेलमा

Rekha-thapaशुक्रबार चर्चित अभिनेत्री रेखा थापा दुईवटा कुराले चर्चामा रहिन् ।
पहिलो चर्चा नायिका रेखाले दिउँसो फेसबुकमा सेयर गरेको एउटा तस्बिरले, अनि दोश्रो चर्चा पर्साबाट उनी चुनाव लड्ने कुराले ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेसँगै रेखा चुनावमा उठ्ने चर्चा चलेको थियो । धमाधम चलचित्र क्षेत्रका हस्ती निर्वाचनमा उम्मेदवार सिफारिस भइरहेका बेला रेखा पनि लामो प्रयासपछि पर्सा क्षेत्र नम्बर एकबाट चुनाव लड्ने पक्कापक्की भएको हो । बिहीबार रातभरको छलफलपछि उनको उम्मेदवारी पक्का भएपछि शुक्रबार यो विषयले चर्चा पाउनु स्वाभाविकै थियो तर उनी शुक्रबार योभन्दा अर्कै विषयले बढी चर्चामा रहिन् । अहिले समाजिक सञ्जालमा उनको एउटा तस्बिरले हल्लीखल्ली मच्चाएको छ ।
शुक्रबार दिउँसो रेखाले भित्री वस्त्र प्रस्टै देखिने तस्बिर फेसबुकमा राखेपछि यसले उनको चर्चा चुलिएको हो । हरियो पारदर्शी गाउनभित्र रेखाले लगाएको पेन्टी प्रस्टै देखिन्छ । उक्त गाउन लगाएर उनी र्‍याम्पमा उत्रिएको देखिन्छ ।
रेखालाई यो पारदर्शी लुगाबाट भित्री वस्त्र देखिएको थाहा नभएको हो या उनले चर्चामा आउनकै लागि यस्तो गरेकी हुन्, यो त रेखालाई नै थाहा होला तर उनी विभिन्न समयमा अनेक विषयमा मिडियाका लागि हट ‘ईस्यु’ बन्दै आएकाले यो पनि कतै उनको फेरि मिडियामा छाउने बहाना त होइन भन्ने धेरैको अनुमान छ ।
उसो त उनलाई नेपाली चलचित्रकी उदार नायिका भनेर भनेर समेत चिन्ने गरिन्छ । रेखा अंग प्रदर्शन गरेरै हिट भएको आरोप उनी माथि लाग्दै आएको छ । उनको नयाँ ‘काली’ चलचित्र रिलिजको तयारीमा छ । (सौस)

प्रतिक्रिया