चुनावी प्रचार–प्रसारमा एमाले कमजोर: खनाल

Jhalanath-Khanalकाठमाडौं, ४ असोज । एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चार गते निर्वाचन गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।
पार्टी मुख्यालय बल्खुमा आज (शुक्रबार) आयोजित कार्यक्रममा अध्यक्ष खनालले मुलुकमा रहेको संक्रमणकाल अन्त्य गर्नै पर्ने बताए । संक्रमण अन्त्यका लागि निर्वाचन अपरिहार्य रहेको उनले बताए ।
‘मुलुकको परिस्थिति अत्यन्त जटिल र चुनौतिपूर्ण छ,’ उनले भने, ‘एमालेको पक्षमा चुनावी माहोल बनाउनु पर्छ ।’ अध्यक्ष खनालले चुनवा आईसक्दा समेत आफूहरको प्रचार शैली केही कमजोर रहेको बताए ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका एजेण्डालाई जनतासम्म लैजान प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । ‘एमालेका एजेण्डालाई जनस्तरमा पुर्‍याउनुपर्छ,’ उनले भने ।
नेता केपी ओलीले शान्ति र लोकतन्त्रको सुदृढीकरण एमालेको पहिलो प्राथमिकता रहेको बताए । उनले असन्तुष्ट दललाई निर्वाचनमा ल्याउन आफूहरुले अत्याधिक भूमिका खेलेको बताए ।

प्रतिक्रिया