उत्सर्गका अध्यक्ष शेरचन एमालेमा प्रवेश

Mahendra-Sherchan-Souryaकाठमाडौं, ४ असोज । राजधानी दैनिक न्यूज पव्लीकेशन प्रा.(लि)का अध्यक्ष महेन्द्र शेरचन एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी मुख्यालय बल्खुमा आज (शुक्रबार) आयोजित कार्यक्रममा शेरचनलाई अध्यक्ष झलनाथ खनालले टीका लगाएर सदस्यता प्रदान गरेका हुन् । सो कार्यक्रममा एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष शेरचन कांग्रेस निकटका मानिन्छन् । उनलाई कांग्रेसले पश्चिमाञ्चलबाट उम्मेदवार बनाएको थियो । उनी त्यस बेला पराजित भएका थिए ।
कांग्रेसमा रहंदा अध्यक्ष शेरचनको खुमबहादुर खड्का, अर्जुन नरसिंह केसीलगायतका नेताहरुसंग राम्रो सम्बन्ध थियो ।
यसैबीच, एमालेले अध्यक्ष शेरचनलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गर्ने आश्वासन दिएको छ । स्रोतका अनुसार शेरचन आगामी चुनावमा एमालेका तर्फबाट उम्मेदवार बन्ने छन् ।

प्रतिक्रिया