लागुऔषध सहित एक पक्राउ

भक्तपुर : महानगरीय प्रहरी प्रभाग भक्तपुरले लागुऔषध डाइजोपाम र नरफिससहित एक जनालाई सोमबार राति पक्राउ गरेको छ ।
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा मध्यपुर ठिमी नगरपालिका चारदोबाटोबाट रमेश बोहोरालाई पक्राउ गरेको हो । प्रहरीले बोहोराको डेरा कोठाबाट नै लागुऔषध डाइजोपाम र नरफिन गरी चार सय ३० थान लागुऔषध समेत बरामद गरेको जानकारी दिएको छ । बोहोरा लाई पक्राउ गरी कानुन बमोजिम आवश्यक अनुसन्धान कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानाएको छ ।
यसैगरी प्रहरीले फरार लागुऔषधका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त भक्तपुर नगरपालिका–१६ का सुजन चौगुठी रहेका छन् । प्रहरीले निजको घरको कोठाबाट गत वैशाखमा लागुऔषध नरफिन इन्जेक्सन ९० थान, डाइजोपाम ९९ थान, सिरिन्च दुई थान, ब्राउनसुगर १० लाल फेला पारेको थियो । लागुऔषध मुद्दामा फरार चौगुठीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार राति पक्राउ गरेको छ ।

प्रतिक्रिया