शुक्रबार २ फिल्म ‘खेताला’ र ‘प्राणभन्दा प्यारो’

Pran-bhanda-pyaroकाठमाडौं : आगामी शुक्रबार अर्थात् असोज ४ बाट चलचित्र ‘खेताला’ र ‘प्राणभन्दा प्यारो’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
उत्तरगया फिल्मस् प्रालिको चौथो प्रस्तुति र शिव घिमिरेको निर्देशनमा बनेको खेताला देशभरका चलचित्र हलबाट एक साथ प्रदर्शनमा आउन लागेको हो । एक्सन र लभस्टोरीलाई दर्शकको चाहानाअनुसार तयार पारिएको चलचित्र खेतालामा राजेश ढुंगाना, पुष्कर रेग्मी, मोनिका दाहाल, रामभक्त श्रेष्ठ, किशोर चौलागाईंलगायत कलाकारको अभिनय छ । खेतालामा श्रीमान्–श्रीमतीले एक अर्काको भावनालाई नबुझ्दा घरपरिवारमा हुने वास्तविक घटनालाई समेट्ने प्रयास गरेको निर्माता रेखा रेग्मीले जानकानरी दिइन् ।
पञ्चेश्वर फिल्म प्रालिले तयार पारेको चलचित्र ‘प्राणभन्दा प्यारो’ नारीमाथि हुने अपराधको कथावस्तुमा आधारित भएर निर्माण गरिएको निर्देशक कमलकृष्णले बताए । चलचित्रमा वासु पुडासैनी, अनामिका चौलागाईं, कमल कृष्ण, विष्णु सापकोटा, आशा श्रेष्ठलगायतको अभिनय छ ।
यो नायक वासु पुडासैनी र नायिका अनामिकाको पहिलो फिल्म हो । निर्देशक कमलकृष्णको परिकल्पना तथा गणेश बगालेको कथामा तयार भएको प्राणभन्दा प्यारो चलचित्रलाई मुकेश हुमागाईंले खिचेका हुन् । (सौस)

प्रतिक्रिया