लागुऔषधसहित पाँच पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित भरतपुर–१० बाट पाँच जनालाई पक्राउ गरेको छ । अवैध तरिकाबाट लागुऔषधको कारोबार संलग्न पाँच व्यक्तिबाट ८४ थान एम्पुल लागुऔषध विशेष सुराकीको आधारमा चितवन प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीका अनुसार पक्राउमा पर्ने भरतपुर–१० का राजकुमार विक, उनको श्रीमती शोभा विक, तनहुँ डुम्रका शिव श्रेष्ठ, सोही स्थानका विकास भुजेल र काठमाडांैका राजेश भट्टचन रहेका छन् । प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट २८ थान डाइजेपाम, २८ थान ऐनारगन र २८ थान बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थपअनुसन्धान भइरहेको छ । (सौस)

प्रतिक्रिया