दिलीप कुमारलाई हृदयाघात

Sayara-Bano-n-Dilipkumarमुम्बई : हिन्दी सिनेमाका वरिष्ठ अभिनेता दिलीप कुमारलाई हृदयाघात भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छन् । लीलावती अस्पतालमा उनलाई आइतबार राति पुर्‍याइएको थियो । चिकित्सकले दिएको जानकारीअनुसार अहिले उनको अवस्था स्थिर छ । सन् १९५० र ६० को दशकमा उनले थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।
बलिउडमा दिलीप कुमारलाई ‘ट्रयाजिडी किङ’ को उपनामले पनि चिनिन्छ । समीक्षकको नजरमा बलिउडका सर्वाधिक उत्कृष्ट अभिनेतामध्ये दिलीप कुमार पनि एक मानिन्छन् । उनले अन्य थुप्रै स्टारको तुलनामा बढीभन्दा बढी अवार्ड जितेका छन् । आफ्नो लामो फिल्मी करियरका दौरान दिलीप कुमारले ८ वटा फिल्मफेयर अवार्ड जितेका छन् । उनी यसअघि भारतको माथिल्लो सदनमा सांसद् थिए ।
हालको पाकिस्तानस्थित पेसावर सहरमा जन्मिएका दिलीपकुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । भारत–पाकिस्तान विभाजन हुनुअघि सन् १९२२ मा उनको जन्म भएको थियो । बलिउडमा स्थापित हुने क्रममा उनले आफ्नो परिचय फेरेर नयाँ नाम राखे ।
सन् १९६० मा ‘मुगल–ए–आजम’ चलचित्रमा उनले मुगल सम्राट अकबरको भूमिकामा अभिनय गरेका थिए । भारतीय चलचित्रको इतिहासमै ‘मुगल–ए–आजम’ सबैभन्दा सफल चलचित्रमध्ये मानिन्छ । गंगा–जमुना, देवदास, अन्दाज र आन उनका अन्य सुपरहिट चलचित्र हुन् । (एजेन्सी)

प्रतिक्रिया