नीताको बर्थडे केक अनाथालयमा

Neeta-Dhunganaकाठमाडौं : जन्मदिन हरेक व्यक्तिका लागि विशेष हुने गर्छ । अधिकांश व्यक्तिले जन्मदिनमा जीवनका नयाा योजना पनि बनाउँछन् । अझ, हुनेखानेले त आफ्नो जन्मदिन लाखौँ खर्च गरेर भव्य तरिकाले मनाउँछन् । सामान्य व्यक्तिले पनि घरमै परिवारका बीचमा जन्मदिन मनाउने गर्छन् । तर नायिका नीता ढुंगानाले भने फरक तरिकाले आफ्नो जन्मदिन मनाएकी छिन् ।
सोमबार जीवनको २१औँ वसन्त पार गरेकी अभिनेत्री ढुंगानाले अनाथ बालबालिकासँग जन्मदिन मनाइन् । कााडाघारीमा रहेको सिर्जनशील अनाथ बालगृहमा नीताले जन्मदिन मनाएकी हुन् । बालगृहमा रहेका १७ जना बालबालिकाका बीच केक काटिन् र सबैलाई बााडिन् ।
आमा गुमाएकी अभिनेत्री नीताले एक्लोपन हटाउन बालबालिकासँग आफ्नो जन्मदिन मनाएको सञ्चारकर्मीसँग प्रतिक्रिया दिइन् । उनले उक्त अनाथालयलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिइन् । उनले भनिन्, ‘म आफ्नो गच्छेअनुसार बालबालिकालाई सहयोग गर्छु । उनीहरूको अनुहारमा हाासो देखिनु नै  ठूलो सन्तुष्टि हो ।’
अनाथगृहमा जन्मदिन मनाएकी नीताले आफ्नो जीवनको योजना पनि सुनाइन्, ‘मेरो पहिलादेखिको सपना हो, अनाथ बालगृह खोल्ने । भविष्यमा म पनि अनाथ बालबालिकालाई पाल्छु ।’ चलचित्र ‘किसान’बाट फिल्मी करियर सुरु गरेकी नीताले दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । चलचित्र मसान र नोटबुकबाट नीताले राम्रो चर्चा पाएकी हुन् । (सौस)

प्रतिक्रिया