समिति र नेकपा–माओवादी अडान यथावत

Bartaकाठमाडौं, ३१ भदौ । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीबीच भएको वार्ता ठोस निर्णय विनानै सक्किएको छ ।
राजधानीमा आज (सोमबार) भएको वार्तामा समिति र नेकपा–माओवादीले आफ्ना पुराना अडान यथावत राखे पछि सहमति हुन नसकेको हो । समितिले नेकपा–माओवादीलाई चुनावमा सहभागी गराउन वार्ता गर्दै आएको छ ।
बैठक पछि पत्रकारसँग कुरागर्दै कांग्रेस उपसभापति राचन्द्र पौडेलले नेकपा–माओवादीको अडानका कारण सहमति हुन नसकेको जानकारी दिए ।
नेकपा–माओवादीले खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, चुनाव चैतमा सार्नुपर्नेलगायतका मागमा ‘टसमस’ नगरे पछि सहमति नभएको पौडेलको आरोप छ । (फाईल तस्विर)

प्रतिक्रिया