रेग्मीद्वारा दाहाल र प्रधानसेनापतिसँग परामर्श

Khilraj-Regmi'sकाठमाडौं, ३१ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानसेनापति गौरव शम्शेर जबरासँग अलग–अलग भेटबार्ता गरेका छन् ।
राजधानीमा आज (सोमबार) भएका अलग–अलग भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र शान्ति सुरक्षाका विषयमा कुराकानी भएको बुझिएको छ । एमाओवादी अध्यक्ष दाहालले रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिनका लागि असन्तुष्ट दलहरुसँगको वार्ताका क्रममा जोडदार रुपमा एजेण्डा उठ्ने गरेको जानकारी गराए ।
स्रोतका अनुसार नेकपा–माओवादीले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएर दलीय सरकारमा सहमति जनाउनु पर्ने दवाव दिने गरेको बुझिएको छ ।
नेकपा–माओवादीलाई चुनावमा सहभागी गराउन हदैसम्म लचिलो भएर आफूहरुले वार्ता गरिहेको पनि दाहालले उल्लेख गरे ।
त्यसै गरी, मन्त्रिपरिषद अध्यक्ष रेग्मीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा प्रधानसेनापति जबरासँग जानकारी लिएका थिए ।

प्रतिक्रिया