मंगलबारबाट उम्मेदवारको सूची बनाउने

Sun-Umlकाठमाडौं, ३१ भदौ । एमालेले संविधानसभा निर्वाचनका उम्मेदवार छनौटको प्रक्रिया भोलि (मंगलबार)बाट सुरु गर्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज (सोमबार) बसेको स्थायी समिति बैठकले मंगलबारबाट उम्मेदवारको सूची छनौट गर्ने निर्णय गरेको हो । बैठक पछि पत्रकारसँग कुरागर्दै शंकर पोखरेलले देशैभरिबाट केन्द्रमा आईपुगेका उम्मेदवारको नामको सूचीलाई छनौट गर्ने बताए ।
‘संविधानसभा निर्वाचनका लागि देशैभरिबाट पठाइएका उम्मेदवारको छनौट भोलिदेखि नाम चयन हुन्छ,’ उनले भने, ‘उम्मेदवारको छनौट योग्यताका आधारमा हुन्छ ।’
एमालेले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि जिल्लालाई केन्द्रमा नाम पठाउन परिपत्र गरेको थियो ।
यसैबीच, एमालेले नेकपा–माओवादी निर्वाचनमा आउने विश्वास दिलाए चुनावको मिति सार्न सकिने निर्णय गरेको छ । ‘नेकपा–माओवादी चुनावमा सहभागी हुने सुनिश्चित भए निर्वाचनको मिति सकिन्छ,’ उनले भने, ‘धेरै होइन एक/दुई हप्ता वा चुनाव दुई चरणमा गर्न हामी तयार छौं ।’
मंसिरमा निर्वाचन गर्न एमालेले हर सम्भव प्रयास गर्ने बताएका सचिव पोखरेलले नेकपा–माओवादीसँग लचकता साथ प्रस्तुत हुने बताए ।

प्रतिक्रिया