अभिनेता दिलीप कुमार अस्पताल भर्ना

Dilip-Kumar-sourya-dailyमम्बई, ३१ भदौ । वलीवुड अभिनेता दिलीप कुमारलाई हृदयघात भए पछि अस्ताल भर्ना गरिएको छ । ९० वर्षीय दिलीप कुमारलाई आइतबार राति अस्पताल भर्ना गरिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुले दिलीप कुमारको स्वास्थ्यमा चौवीसै घण्टा ध्यान दिई रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर छ ।
दिलीप कुमारलाई आइतबार राति छातीमा दुखेको अनुभव भएपछि परिवारजनले मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरेका हुन् । दिलीप कुमारलाई आइसीयुमा राखेर उपचार भईरहेको छ ।
उनकी पत्नी सायरा बानोले दिलीप कुमारको स्वास्थ्यका लागि भगवानसँग प्रार्थना गर्न आग्रह गरेकी छन् ।
दिलीप कुमारले मुगले आजम, मधुमती, देवदास र गंगा जमुना जस्ता राम्रा फिल्ममा अभिनय गरेका छन् । ती फिल्मका अभियनबाट दिलीप कुमार परिचित भएका हुन् ।
दिलीप कुमारको वास्तविक नाम मुहम्मद युसूफ खान हो । उनको जन्म पेशावरमा ११ मंसिर १९२२ मा भएको थियो ।
छ दशकमा दिलीप कुमारले ६० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनले सन् १९५४ मा फिल्मफेयर पुरस्कार पनि पाएका थिए । यो पुरस्कार दिलीपकुमारले आठ पटक पाईसकेका छन् ।
दिलीप कुमारलाई १९९१ मा पद्मभूषण र १९९४ मा दादासाहब फाल्के पुरस्कार पनि दिईएको थियो ।
दिलीप कुमा २००० देखि२००६ सम्म राज्यसभाको सदस्यमा मनोनित भएका थिए ।

http://www.youtube.com/watch?v=iR07IxABIXk&feature=player_detailpage

प्रतिक्रिया