चुनावी गतिविधि तीब्र

Rishikesh-Jung-Shahaकाठमाडौं : निर्धारित समयमा निर्वाचन हुने/नहुने विषयमा जनतामा अन्यौल कायम रहे पनि सल्यानका राजनीतिक दलले भने काठमाडांैमा चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । एमाओवादी निकट सल्यान काठमाडौं सम्पर्क मञ्च, कांग्रेस निकट विद्यार्थी संगठन र एमाले निकट सल्यान काठमाडौं सम्पर्क मञ्चले छुट्टाछुट्टै कार्यक्रम गरी चुनावी गतिविधिलाई तीव्र बनाएकका हुन् ।
एमाओवादी निकट गणतान्त्रिक मोर्चा र एमाले निकट सम्पर्क मञ्चले वाल्मीकि क्याम्पसमा आफ्नो कार्यक्रम गरिरहेका बेला नेविसंघले सल्यान जिल्लाका युवासँग कीर्तिपुरमा छलफल गरेको थियो । एमाले निकट सम्पर्क मञ्चको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालासहित सल्यानका अध्यक्ष, पूर्वअध्यक्ष, पूर्वजिविस सभापतिको सहभागिता थियो भने कीर्तिपुरमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह र विद्यार्थी नेता प्रकाश भण्डारीको सहभागिता थियो । आगमी निर्वाचनमा युवाको सहभागितालाई सबै भातृसंगठनले मूलविषय बनाई छलफल गरेका थिए ।

प्रतिक्रिया