मेरो कथाको विशेष प्रदर्शनबाट संकलित रकम क्यान्सरपीडितलाई

भरतपुर, ३० भदौ । सुदूरपश्चिम नेपालको वादी समुदायको वास्तविक कथामा आधारित मेरो कथा चलचित्रको विशेष प्रदर्शनी चितवनमा सम्पन्न भएको छ । भिजन नेपाल इन्टरटेन्मेन्टले निर्माण गरेको नेपाली कथानक चलचित्र मेरो कथा क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बालबालिकाको सहयोगका लागि विशेष प्रदर्शन गरिएको थियो ।
सो चलचित्रको विशेष प्रदर्शनीबाट संकलित रकममध्ये ५० हजार रुपियाँ  क्यान्सर सेवा समाजलाई शनिबार हस्तान्तरण गरिएको छ । चलचित्रका निर्माता रवीन्द्र बरालले सो रकम क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछानेलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा मेरो कथा निर्माणका क्रममा सहयोग पुर्‍याउने चलचित्रकर्मी एवं टिभी फिल्मीका प्रबन्ध निर्देशक दयाराम पाण्डे, पत्रकार प्रवीण बराल, विमल खतिवडा, विनोदबाबु रिजाललाई सम्मान गरिएको थियो । क्यान्सरपीडित बालबालिकाले खर्चअभावमा उपचार पाउन नसकेका कारण आºनो चलचित्रको विशेष Womanप्रदर्शनमार्फत संकलित रकम हस्तान्तरण गरिएको बरालले जानकारी दिए । सो चलचित्रको प्रदर्शन शनिबार नै भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गरिएको थियो । विशेष प्रदर्शनमा चलचित्रका कलाकारहरू आयुष रिजाल, अशोक धिताल, गंगा बस्याल, निर्देशक देव नेपाल, संगीतकार बीबी अनुरागीलगायतको र्दशकहरूसगै बसेर चलचित्र हरेका थिए । सो चलचित्र हेरेपछि सौर्य प्रतिक्रिया दिदै चलचित्रका निर्देशक देव नेपालले यस्ता बिक्रीतिहरू अन्त्य गर्नमा चलचित्र मेरो कथाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । आगामी दिनमा पनि चलचित्रको माध्यमबाट समाजमा देखिएको बिक्रीति बिसंगतीहरू अन्त्य गर्न आफ्नो तर्फबाट प्रयास गर्ने भिजन नेपालका उत्पादन निर्देशक प्रविन बरालले वताए ।
यसअघि सोही चलचित्रको काठमाण्डौंमा गरिएको बिशेष प्रदर्शनका क्रममा संकलित २० हजार रूपैयाँ मेडिकल कलेज जोरपाटीमा हेमोडाइलोसिसको उपचारका लागि प्रदान गरिएको थियो । भरतपुर– १४ तोरीखेत स्थित प्रस्तावित राष्ट्रिय माविको सहयोगका लागि गरिएको च्यारीटीमा संकलित २५ हजार रूपैयाँ  पनि यसअघि नै हस्तान्तरण गरिएको छ । त्यसैगरी अखिल नेपाल महिला संघ मकवानपुरले महिला हिंसा बिरुद्धको अभियान अन्तर्गत सोहि चलचित्र हेटौंडामा प्रदर्शन गरेको थियो । नेपाली समाजमा अजैपनि बाध्यात्मक रूपमा यौन पेशामा लाग्ने अवस्था व्याप्त रहेको यर्थाथ कुरा चलचित्रमा उतारिएको छ ।

प्रतिक्रिया