लिम्बुवान उम्मेदवारी दिने तयारीमा

इटहरी, २९ भदौ । लिम्बुवान मुक्तिमोर्चा नेपालले लिम्बुवान क्षेत्रका सबै निर्वाचन क्षेत्रमा आºनो उम्मेदवारी दिने बताएको छ ।
सुनसरी जिल्लाको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त मोर्चाले लिम्बुवान क्षेत्रको ३४ वटै निर्वाचन क्षेत्रमा लिम्बुवान संघीय राज्य सुनिश्चित गर्न उम्मेदवारी दिने तयारीमा जुटेको पार्टीका अध्यक्ष रामभक्त कुरुङवाङ लिम्बूले जानाएका छन् ।  उनले पहिचानसहितको संघीयताका पक्षधरसँग मिलेर निर्वाचनमा उम्मेदवारी दिने र चुनावमा सक्रिय रूपले भाग लिने बताए ।
उक्त सम्मेलनमा महासचिव पद्मम अधिकारीले दलित संघीय मोर्चाको २२ जिल्ला, मगरातको १० जिल्ला, खुम्बुवान, तमुवान र उपत्यका क्षेत्रमा पनि कार्यगत एकता गरेर पार्टीले उम्मेदवारी दिने तयारी गरिरहेको बताए । त्यस्तै मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले सुनसरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा उठाउने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । उक्त पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ भरत संग्रौला, समानुपातिकमा लता वैद्य, क्षेत्र नम्बर २ मा प्रत्यक्षमा सुशील साह, जामुन साह र लक्ष्मी चौधरी र समानुपातिकतर्फ रिङ्की साह, उमेशकुमार साह, इस्माइल राई, शिवजी साह र मोहम्मद आवास मियालाई सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ दिनेशकुमार मेहता, चन्द्रकिशोर यादव, पुनम दास तथा समानुपातिकतर्फ हेमन्तकुमार शर्मा, नुनुलाल मेहता, शिवेन्द्रकुमार मेहता, किरणकुमारी शाह, सलमा प्रविण एवं क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ राजलाल यादव, सूर्यनारायण यादव र राजकुमार यादव तथा समानुपातिकतर्फ रामचन्द्र यादव, पवन गुप्ता रौनियार, अर्जुन साह, गीता यादव र सञ्जीव मेहतालाई सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ र ६ मा आºनो उम्मेदवारको नाम सिफारिस गरेको छैन ।

प्रतिक्रिया