सफल आखा प्रत्यारोपण

eyeभक्तपुर, २८ भदौ । मृत्युपछि आँखादान गरेका मध्यपुर थिमीका समाजसेवी काजीनरसिंह धुँमनका दुइटै आँखाको नानी सफल प्रत्यारोपण गरिएको छ ।
नगदेश बौद्ध समूहद्वारा आयोजित मृत्युपश्चात् आँखादान कार्यक्रममा सहभागी भई आएका धुँमनको आँखा काठमाडौं जिल्ला नाङ्लेभारे निवासी ५५ वर्षीय ‘महर्जन’ थरका व्यक्ति र अर्कार्े आँखा नुवाकोट निवासी १४ वर्षीय ‘सापकोटा’ थरका बालकलाई सफल प्रत्यारोपण गरेको नगदेश बौद्ध समूहले जनाएको छ । मृत्यु भएको केही समयपछि पशुपति आर्यघाटमा तिलगंगा आँखा अस्पतालका प्राविधिकको सहयोगमा दुवै आँखाका नानी निकालिएको थियो ।
उक्त अवसरमा समूहका सचिव कृष्णकुमार प्रजापतिले विज्ञप्ति प्रकाशन गरी समूहले समय–समयमा आँखादान कार्यक्रम आयोजना गर्ने गरेको र आँखादान गरेका व्यक्तिको मृत्युपश्चात् परिवारको रोहबरमा अस्पतालका प्राविधिकलाई मृतकको आँखा जिम्मा लगाउने र अस्पतालले आँखा नदेख्ने व्यक्तिलाई उक्त आँखा प्रत्यारोपण गर्नेगरेको बताए ।

प्रतिक्रिया