खुकुरी प्रहार गरी ठूलो बुबाको हत्या

hatya 4खोटाङ, १७ भदौ । खोटाङ जिल्लामा खुकुरी प्रहार गरेर एक युवकले आफ्नै ठूलो बाबुको हत्या गरेका छन् ।
दुर्छिम–३ का ३६ बर्षीय सुविन्द्र राईले ७० बर्षीया आफ्ना ठूला बाबु पुरन शेर राईको आज (बिहीबार) बिहान हत्या गरेको प्रहरीले जनाएको छ । सुविन्द्रको मानसिक सन्तुलन ठीक थिएन ।
घरको मटानमा सुतीरहेका पुरनशेरलाई सुविन्द्रले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । सुविन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया