माओवादीविनाको चुनावको औचित्य छैन

Surya-Bd-Thapa-Jiविराटनगर, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा–माओवादीको सहभागिताविनाको संविधानसभा चुनावको औचित्य नहुने बताएका छन् ।
विराटनगरमा आज (बिहीबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष थापाले सरकार र उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसँग वार्ता गरी निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताए ।
‘माओवादीसँग निष्कर्ष निकाल्ने गरी वार्ता गर्न सरकार र मुख्य राजनीतिक दलले पहल गर्नु पर्छ,’ उनले भने, ‘माओवादी विनाको निर्वाचनपश्चात् बन्ने संविधान ग्रहण लागेको जस्तो हुन्छ ।’
उनले ३३ दलीय मोर्चाले निर्वाचनमा भाग नलिएमा यसबाट विश्वमा राम्रो सन्देश नजाँने बताए ।
अध्यक्ष थापाले चुनाव संविधान निर्माणका लागि हुनुपर्नेमा जोड दिँदै चुनावमा सबै दलको सहभागिता अनिर्वाय रहेको बताए ।

प्रतिक्रिया