भूकम्पको केन्द्र बिन्दु धनकुटा बजार

Nepal's Mapकाठमाडौं, २७ भदौ । धनकुटा बजारलाई केन्द्र बनाएर पूर्वका जिल्लाहरुमा आज (बिहीबार) भूकम्पको धक्का महशुस भएको छ ।
चार दशमलव पाँच रेक्टर स्केलमा आएको भूकम्पका कारण पूर्वका जिल्लाहरुमा धक्का महशुस गरिएको राष्ट्रिय भूकम्पमापन केन्द्र, काठमाडौं, लैनचौरका सिनियर डिभिज्नल जिओलोजिष्ट लोकविजय अधिकारीले जानकारी दिए ।
धनकुटा जिल्लाको सदरमुकाम धनकुटा नगरपालिकालाई केन्द्र बनाएर विहान दश बजेर १४ मिनटमा भूकम्प आएको अधिकारीले बताए ।

अधिकारीले भने, ‘भूकम्पको केन्द्र बिन्दु धनकुटा बजारस्थित त्रिवेणी उच्च माध्यामिक विद्यालय नजिकै छ ।’
सिनियर डिभिजन जिओलोजिष्ट अधिकारीका अनुसार सो भूकम्पले नोक्सानी गर्ने क्षमता राख्दैन ।उनले सोही भूकम्पका कारण डराउनु पर्ने अवस्था नरहेको बताए ।

भूकम्पकै कारण पूर्वका जिल्लामा कुनै नोक्सानी वा क्षति भएको जानकारी हालसम्म नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया