प्याब्सन छात्रा बास्केटबल

काठमाडौं : पाँचौँ प्याब्सन  अन्तरबिद्यालय छात्रा बास्केटलबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौं प्याब्सन र बालविकास स्कुलको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं प्याब्सनमा आबद्ध १६ विद्यालयले सहभागिता जनाउने आयोजकमध्येको एक प्याब्सनका अध्यक्ष गोपाल आचार्यले जानकारी गराए ।
प्रतियोगिताका सम्पूर्ण खेल लिग कम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया