निगम नेकपा–माओवादी समर्थक

oil pampaकाठमाडौं, २६ भदौ । ईन्धनमा भएको मूल्य बृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल र संघ/संस्थाले बिरोध गरेका छन् ।
नेपाल आयल निगमले डिजेल, मट्टितेल, पेट्रोल र हवाई ईन्धनमा मंगलबार रातिदेखि लागू हुने गरेर मूल्य बृद्धि गरे पछि चर्को बिरोध हुन शुरु गरेको हो ।
नेकपा–माओवादीले विज्ञप्ति जारी गरेर बृद्धि भएको मूल्य फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गरेर मूल्य बृद्धिको निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिईन् ।
एमालेका सचिव शंकर पोखरेलले पनि मूल्य बृद्धिको बिरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर पोखरेलले निगमले नेकपा–माओवादीले आह्वान गरेको राजधानी उपत्यका बन्दलाई सहयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया