एमाओवादीले चुनावी कार्यक्रम अघि बढाउने

puspakamal dahal niwasकाठमाडौं, २६ भदौ । एकीकृत माओवादीले चुनाव केन्द्रित कार्यक्रमलाई तिब्रताका साथ अघि बढाउने निर्णय गरेको छ ।
काठमाडौंमा आज (बुधबार) बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचनका लागि पार्टीले गरेका तयारी र चुनाव केन्द्रित कार्यक्रम तय गर्ने सहमति भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘चुनावको तयारी तिब्र बनाउने सहमति भएको छ,’ उनले भने, ‘चुनावमा नेता तथा कार्यकर्तालाई अब परिचालन गर्नु पर्छ ।×’
द्वन्द्वकालमा भएको घटनालाई नउठाउन पनि एमाओवादीले आग्रह गरेको छ । द्वन्द्वकालका घटना र मुद्दालाई उठाईए त्यसले चुनावलाई असर पुर्‍याउने प्रवक्ता सापकोटाले बताए ।
त्यसै गरी, एमाओवादीले संविधान संशोधन प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गर्न सरकारलाई आग्रह गर्ने सापकोटाले बताए ।
मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसंग भएका सहमतिलई संविधान संशोधन गरेर राख्नुपर्ने यस अघि निर्णय भईसकेको छ ।
संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने सहमति कार्यान्वयनका लागि पनि संविधान संशोधन गर्नुपर्ने छ ।

प्रतिक्रिया