चुनावमा आउने ग्यारेण्टी भए निर्वाचन सार्न सकिन्छ

Vijaya gachhedar 3धनगढी, २६ भदौ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजय गच्छदारले नेकपा–माओवादी निर्वाचनमा आउने ग्यारेण्टी भए निर्वाचनको मिति सार्न सकिने बताएका छन् ।
मिडिया नेपालले आज (बुधबार) कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा आउनु पर्ने बताए ।
‘नेकपा–माओवादी चुनावमा आउने ग्यारेण्टी भए मंसिर–१५ गतेसम्म निर्वाचन सार्न सकिन्छ,’ उनले भने ।
उनले नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन हदैसम्मको लचकता अपनाउन तयार रहेको बताए ।

प्रतिक्रिया