लज्जामा शिल्पा

shilpaकाठमाडौ :  दुई दशक पुराना निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढी कलाकार जन्माउने निर्माता हुन् । ‘युगदेखि युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा थापा, आर्यन सिग्देललगायत थुप्रै बहुचर्चित कलाकारलाई कलाभित्रको जीवन दिएका छन् ।
ठूलो पर्दा डटकमले दिएको जानकारी अनुसार २१ मंसिरमा रिलिज तोकिएको ‘लोफर’बाट रजनी केसीलाई नायिका बनाएका ओझाले नयाँ चलचित्र बनाउँदै छन् । यो चलचित्रबाट पनि उनले नयाँ अनुहार भित्र्याउँदै छन् । म्युजिक भिडियोमा अभिनय गरिरहेकी शिल्पा पोखरेल नयाँ चलचित्र ‘लज्जा’की नायिका बन्दै छिन् । पोखरेल आर्यन सिग्देलको जोडी बन्दै छिन् ।
यसअघि ‘श्रीमान्’ र ‘महसुस’ निर्देशन गरेका नवल नेपाल ‘लज्जा’का निर्देशक हुन् । दुईवटै चलचित्र हिट बनाएका नेपाल सफल निर्देशकमा गनिन्छन् । उनले ‘लज्जा’लाई ४ कात्तिकदेखि एक्सन कट गर्दै छन् । ०७१ सालको वैशाखमा रिलिज गर्ने लक्ष्य रहेको ‘लज्जा’मा निर्देशक स्वयंकै पटकथा रहने बताइएको छ भने चन्द्र पन्तको द्वन्द्वनिर्देशन र मदन कास्यप घिमिरेको छायाकन रहनेछ । (सौस)

प्रतिक्रिया