ऋषि पञ्चमी मनाइयो

काठमाडौ : हिन्दु महिलाहरुले मंगलबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाएका छन् ।
तीजको दुइ दिन पछि  मनाइने ऋषि पञ्चमी एक वर्षको सांकेतिक अर्थ दिने ३ सय ६५ वटा दतिवनले दाँत बाझी, शुद्ध माटो र तिलले नुहाएर ऋषिको पूजा गरेमा सौभाग्य प्राप्त हुने विश्वास हिन्दू महिलामा रहेको छ ।
पंचमीको अवसरमा विहानै नदिमा नुहाएर पुजापाठ गर्ने गर्दछन । ऋषि पञ्चमीसँगै महिलाको महान् चाड तीजको अन्त्य भएको मानिन्छ ।

प्रतिक्रिया