काठमाडौं, २६ भदौ । राष्ट्रपती डा.रामवरण यादवले निर्वाचनको विपक्षमा रहेका शक्तिलाई सहमतिमा लिएर निर्वाचनमा जान दलहरुसंग आग्रह गरेका छन् । उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध ६ दलका शिर्ष नेताहरुसंग मंगलवार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपतिले निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीलाई पनि निर्वाचनमा ल्याउन पहल गर्न आग्रह गरेका थिए । राष्ट्रपतीका प्रेस सल्लाहकार राजेन्द्र दाहालकाअनुसार राष्ट्रपतीले सवै दललाई साथमा लिएर निर्वाचनमा जान दलहरुलाई सुझाव दिएका छन् ।
भेटवार्तामा दलका नेताहरुले नेकपा–माओवादीसंग भएको वार्ताको प्रगतीवारे जानकारी गराएका थिए । शिर्ष नेताहरुले सरकार परिवर्तन र निर्वाचनको मिती सार्ने विषय वाहेक अरु सवै विषयमा आफुहरु वैद्य पक्षसंग छलफल गर्न तयार रहेको जानकारी पनि राष्ट्रपतीलाई गरेका थिए ।
कांग्रेस सभापती सुशील कोइरालाले भेटपछी राष्ट्रपतिले निर्वाचनमा सवै दललाई सहभागि गराउने वातावरण तयार पार्न आवश्यक रहेकोले सबैलाई निर्वाचनमा जुट्न आग्रह गरेको जानकारी दिए ।
‘हामीले राष्ट्रपतीलाई नेकपा–माओवादी र अन्य दलहरुसंग पटक–पटक भएको वार्तावारे जानकारी गराएका छौ,सरकार परिवर्तन र निर्वाचन सार्ने मागवाहेक सवै विषयमा हामी नेकपा–माओवादीसंग छलफल गर्न समिति तयार रहेको छ ।’ बैठकपछि कोइरालाले भने ।
नेताहरुले नेकपा–माओवादीसंग सहमतीको लागी छलफल जारी रहेको भन्दै आवश्यक परे राष्ट्रपतीले नै कुराकानी गरीदिनुपर्ने बताएका छन् । शिर्ष नेताहरुले निर्वाचन तोकिएको समयामा नै हुने भन्दै निर्वाचनको विपक्षमा रहेका दलहरुसंग राष्ट्रपतीले नै कुराकानी गरिदिनुपर्ने बताएका हुन् । राष्ट्रपतीका सल्लाहकार दाहालले नेताहरुले आवश्यक परेमा वैद्य पक्षसंग राष्ट्रपतीले कुरा गर्नुपर्ने वताएको जानकारी दिए । ‘उहाहरुले आवश्यक राष्ट्रपतीले कुरा गरिदिनुपर्ने भन्नुभएको छ,यसमा राष्ट्रपती सकरात्मक हुनुहुन्छ । ’दाहालले भने ।
भेटमा समितिका संयोजक कोइराला, एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।
प्रतिक्रिया