सरकारविरुद्ध दुवै माओवादी

maobadisकाठमाडौं, २६ भदौ । सरकारले युद्धकालिन घटनालाई ब्युताएर आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै दुवै माओवादी सरकारको प्रतिरोधमा उत्रिएका छन् ।
गोरखा फुजेलको द्धन्द्धकालिन मुद्धालाई ब्युाताएर काठमाडौाबाट रामप्रसाद अधिकारीलाई पक्राउ गरेपछि दुवै माओवादी सरकारको विरुद्धमा उत्रिएका हुन् ।एमाओबादीको मंगलबार राजधानीमा बसेको केन्द्रीय कमिटीे बैठकले सरकारको उक्त कदम विरुद्ध सशक्त कदम चाल्ने  निर्णय गरेको छ । बैठकले आउदो शुक्रबार  ७५ वटै   जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय समेत गरेको छ  । यसअघि एमाओवादीले पनि काठमाडौ, चितवन तथा गोरखा जिल्ला बन्दको घोषणा गरिसकेको छ ।
यो घटनाले खिलराज नेतृत्वको अन्तरिम मन्त्रीपरिषद र एमाओवादीबीचको दुरी समेत बढाईदिएको छ । एमाओवादी नेता हरिबोल गजुरेलले घोषित संविधानसभाको निर्वाचन भाड्नका लागि सरकारले षड्यन्त्रमूलक ढंगले आफ्ना कार्यकर्ता माथि मुद्धा चलाएको आरोप लगाए । यो क्रम नरोकिए आफूहरु सशक्त आन्दोलनमा उत्रन चेतावनी पनि गजुरेलले दिए ।
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि उक्त घटना द्धन्द्धकालमा भएकाले युद्धकालिन मुद्धा उठाएर आफ्ना कार्यकर्ता पक्राउ नगर्न आग्रह गरेका थिए । उनले पक्राउ नै गर्ने भए आफूलाई पक्राउ गर्न समेत चेतावनी दिएका थिए ।
वर्तमान सरकारकै विपक्षमा रहेको  नेकपा–माओवादीले पनि युद्धकालिन घटना उठाएर आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै सरकारको कडा आलोचना गरेको छ । सोमबार सम्पन्न माओबादीको दुइ दिने पोलीटब्युरो बैठक पछि सल्लाहकार तथा राजधानीमा रहेका केन्द्रीय सदस्यहरुलाई मंगलबार ‘ब्रिफिङ गरिएको छ ।  माओवादीले रामप्रसाद अधिकारीलई गिरफ्तार गर्नुका साथै अन्य  थुप्रै कार्यकर्ताका विरुद्धमा वारेन्ट जारी गर्नेे, खानतलासी गर्ने र आतंकित पार्ने कार्यहरु सरकारले गरिरहेको भन्दै कडा आपत्ति जनाएको छ । माओवादीले त्यस प्रकारका गतिविधिहरु बन्द गर्न, गिरफ्तार गरिएका बन्दीहरुलाई रिहा गर्न र युद्धकालिन मुद्धाहरु खारेज गर्न सरकारसाग माग समेत गरेको छ । पार्टी प्रवक्ता पम्फा भुसालले बृहत शान्ति सम्झौतालाई भाड्ने तवरले युद्धकालका विषयहरु उठाइएको भन्दै यस्तो कार्य नरोकिए कडा आन्दोलन थाल्ने जानकारी दिइन् । ‘यो बृहत शान्ति सम्झौता दलहरुबीचको सहमति भाड्ने तवरले उठाईएको छ  ’ सौयदैनिकसाग प्रवक्ता भुसालले भनिन्–र् यस्तो कार्य नरोकिने हो भने संयुक्त रुपमा पनि सशक्त आन्दोलनमा जानुको विकल्प रहने छैन ।’

को–को छन् त द्धन्द्धका डोब खेप्नेहरु ?
सशस्त्र १० वर्षे जनयुद्धपछि विस्तृत शान्ति सम्झौता हुादै सेना समायोजनको काम सकिए पनि युद्धकालिन घटनाबाट प्रभावित हुनेको संख्या भने बढदो छ । द्धन्द्धकालमा यातना दिएको अभियोगमा नेपाली सेनाका कर्णेल कुमार लामा गत पुसदेखि अझै पनि बेलायतको जेलमा छन् । उनी जेलमा पुग्नुको कारण युद्धकालिन घटना नै हो । उनीमाथि द्धन्द्धकालमा यातना दिएको आरोप छ । नेपाल प्रहरीका आईजिपी कुवेरंिसंह राणाले कार्तिकमा इटलीमा हुने इन्टरपोलको ८२ औा महासभामा जान पाएनन् । बेलायतले युद्धकालिन घटनालाई लिएर उनलाई भिषा नदिएको हो ।
यस्तै ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता बनाएको आरोप खेपिरहेका नेपाली सेनाका राजु बस्नेतलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय विवादीत बन्यो । बाबुराम भट्टराई नेतृत्व कै सरकारले उक्त निर्णय गरेकाले निर्णय बदर भने भएन । यता, युद्धकालिन घटनासंग  जोडिएको पत्रकार डेकेन्द्र थापा प्रकरण उस्तै छ । पुसमा जयबहादुर शाही, हरिलाल पुनमगर, निरक घर्ती मगर, लक्षीराम घर्तीमगर र विर बहादुर खत्री हत्याकै अभियोगमा  जेल चलना भएका छन्  । उनीहरु अहिले पनि जेलमै छन् ।
पछिल्लो पटक भने गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको विषय चुलिएको हो । गत  शनीबार  रामप्रसाद अधिकारीलाई प्रक्राउ गरिएपछि दुवै  माओबादीको ध्यान  यो घटनामा केन्द्रित भएको छ । अधिकारीलाई राजधानीबाट पक्राउ गरी चितवन कारागारमा राखिएको छ । अदालतले उनलाई १० दिन थुनामा राख्न आदेश दिएको छ  ।

प्रतिक्रिया