पेट्रोलियमको मूल्य बढ्यो

oil pampaकाठमाडौं, २६ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपियाँ मूल्य बढाएको हो ।
निगमका प्रवक्ता शिव पुडासैनीले तेलको आयात बढ्दै गएका कारण मूल्य बढाउनुपरेको जानकारी दिए । उनले मूल्यवृद्धि हुनुपूर्व मासिक १ अर्ब ६२ करोड घाटा हुने गरेकोमा मूल्यवृद्धिपछि पनि एक अर्ब ३३ करोड घाटा कायमै रहने जानकारी दिए ।
मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय ३० रुपियाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १ सय २५ रुपियाँ थियो । डिजेल र मट्टीतेलको मूल्य पनि  १ सय ३ पुगेको छ । यसअघि मूल्य प्रतिलिटर सय रुपियाँ थियो । त्यसैगरी, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपियाँले मूल्य बढेको छ ।

प्रतिक्रिया