जंगली हात्तीद्वारा चितवनमा धान बाली नष्ट

चितवन, २५ भदौ । पूर्वी चितवनको पिप्ले प्रसौनीका स्थानीय जंगली हात्तीको आंतकबाट दैनिक सरह चिन्तित बन्दै आएका छन् ।
चितवन राष्टिय निकृञ्जबाट आएका जंगली हात्तीले धानवाली खानुका साथै नष्ट गरे पछि स्थानीय चिन्तित बनेका हुन् ।
चार दिनदेखि निकुञ्जबाट आएका जंगली हात्तीले खेतमा लगाएको अन्नबाली नष्ट गरेको लोथर मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव रन्जन सिलवालले जानकारी दिए ।
प्रसौनी गाउँमा सोमबार राति राधीका अर्चेल, भीमबाहादुर सेङ्गताङ्ग र खिलप्रसाद लामिछानेको धानखेती हात्तीले नोक्सानी गरेका छन् ।

प्रतिक्रिया