खोलाले बगाएर आमा र दुई छोरीको मृत्यू

सिन्धुपाल्चोक, २५ भदौ । सिन्धुपाल्चोक जिल्लास्थित सुनकोशी नदीले तीज मानेर घर फर्कदै गरेकी एक महिलालाई दुई छोरीसहित बगाउँदा तीनैजनाको मृत्यू भएको छ ।
नदी तर्ने क्रममा सोमबार बेलुका बगाउँदा घोर्थली–२ की २५ बर्षीया इन्द्रमाया थामी र उनका छोरीहरु ७ बर्षीया ललिता थामी तथा २ बर्षीया लक्ष्मी थामीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
२ वटा बच्चासहित माइतीघर चोकती–९ बाट तीज मानेर घरतर्फ आउँदै गर्दा सनुकोशी खोलाले उनीहरुलाई बगाएको थियो ।
आमा र दुई छोरीहरुको शव आज (मंगलबार) विहान सुनकोशी खोलाको किनारमा फेला परेको छ ।
उता, सिन्धुपाल्चोकमै अवरिल बर्षाले झरेको पहिरोले गोठ पुरिँदा दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा धुस्कुन–६ बस्ने ७२ बर्षीय मानबहादुर बोहरा र उनकी ७ बर्षीया नातिनी ईशा बोहोरा रहेकी छन् ।

प्रतिक्रिया