काठमाडौं, २५ भदौ । गस्तीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरेर भाग्न खोज्ने पाँच जना युवा प्रहरीको फन्दामा परेका छन् ।
काठमाडौंको ठमेलमा आइतबार राति प्रहरीलाई गाली गरेर भाग्न खोज्दा उनीहरु सवार बा ६ च ५१५० नम्वरको कारले प्रहरीले प्रयोग गर्ने क्यूआरटी मोटरसाईकलमा ठक्कर दिएको थियो ।
कारको ठक्करले प्रहरीको बा.१ ब ९७८१ नम्वरको क्यूआरटी मोटरसाइकलमा क्षति पुगेको छ । मोटर साईलकको रिभल्भिङ लाईट र साईरनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक धुम्बाराहीका १९ बर्षीय सिद्धार्थ गुरुङ्गसहित ५ जना रहेका छन् । उनीहरुले मादक पदार्थ सेवन समेत गरेका थिए ।
प्रतिक्रिया