काठमाडौं, २४ भदौ । काठमाडौंमा डिउटीमा रहेका ट्राफिक प्रहरीलाई कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भाडाको ट्याम्पो तोडफोड गर्दै गरेका दुई युवकलाई पक्राउ गर्न खोजे पछि दुई युवकले काठमाडौंको रातो पुलमा ट्राफिक प्रहरीलाई नै कुटपिट गरेको प्रहरीले जनाएको छ । भाडाको विषयमा चित्त नबुझे पछि उनीहरुले ट्याम्पोमा तोडफोड गरेका थिए ।
पक्राउ पर्नेमा धुम्बराही बस्ने दोलखा जिल्ला जफे–८ घर भएका ३० बर्षीय शम्भु कार्की र हाडीगाउँका २१ बर्षीय विजय राई रहेका छन् ।
बा.१ ह ३९६९ नम्वरको भाडाको टेम्पोको साईड ग्लास, लुकिङ ग्लास फुटाउँदै गरेको अवस्थामा डिउटीमा खटिएका ट्राफिक प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए ।
प्रतिक्रिया