‘टिकट’ लिन चितनवका नेता राजधानीमा

NC n Umlचितवन, २५ भदौ । दोश्रो संविधानसभाको चुनावमा उम्मेद्ववारीका लागि चितवनका स्थानीय नेताहरु टिकट हात पार्न लविङ्गमा सक्रिय भएका छन् ।
टिकटका दौडधुपमा जिल्ला नेताहरु लागे पछि प्रचार प्रसारको काम प्रभावित भएको छ । मंसिर–४ गते हुन लागेको चुनावमा उम्मेद्वार बन्न टिकटका लागि विभिन्न राजनीतिक दलका नेताहरुले केन्द्रमा लविङ गरेका हुन् ।
एउटै क्षेत्रबाट दर्जन बढिको नाम सिफारिस भए पछि टिकट नपाईने हो की भनेर नेताहरु लविङ्गमा सक्रिय भएको आरोप लागेको छ । टिकटकै लागि जिल्ला नेताहरुले केन्द्रसम्म पुगेको एक नेताले जानकारी दिए ।
एमाओवादी र एमालेमा भन्दा कांग्रेसमा टिकटका लागि भनसुन धेरै चलेको छ । टिकटकै लागि कांग्रेसका नेताहरु राजधानीमा नेताहरुका ढोका चहार्दै आएका छन् ।
कांग्रेसका सभापति टेकप्रसाद गुरुङगले प्रत्यक्ष र समानुपातिकमा ८८ जनाको नाम केन्द्रमा सिफारिस गरेका थिए । ती मध्ये आधा उम्मेद्वार राजधानीमा रहेको गुरुङले प्रतिक्रिया दिए । क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ सिफारिस गुरुङ्ग आफैपनि काठमाडौंमा छन् ।
एमाओवादीमा पनि केन्द्रीय लबिङले तिव्रता पाएको छ । टिकटका लागि काठमाडौ धाईरहेका जिल्ला संयोजक घनश्याम दाहालले ईच्छा सबैको हुने हुँदा आ–आफ्नो हिसाबले लबिङमा नेताहरु लागेको बताए ।
एमालेमा जिल्लाबाट सिफरिस भै केन्द्रमा नाम पठाईएकाहरु पनि यतिबेला केन्द्रीय नेतासँग टिकट दिलाउन माग गरिहेका छन् ।

प्रतिक्रिया