दोलखा, २४ भदौ । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकका लागि संसदीय व्यवस्था नै उत्तम रहेको जनाएका छन् ।
दोलखामा आज (सोमबार) आयोजित कार्यक्रममा महामन्त्री सिंहले कांग्रेस संसदीय व्यवस्थाबाट टाढा नजाने बताए । ‘मुलुकका लागि संसदीय व्यवस्थानै उत्तम छ,’ उनले भने, ‘कांग्रेस संसदीय व्यवस्थाको संरक्षणमा लाग्छ ।’
संविधानसभा निर्वाचन निजिकिँदै गर्दा कांग्रेस महामन्त्री सिंहले संसदीय व्यवस्थाको बचाउ गरेका हुन् ।
लोकतन्त्र र राष्ट्रियता कमजोर रहेको उनको भनाई छ । ‘ईतिहाँसमै मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर देखिएको छ,’ उनले भने, ‘एमाओवादीका कारण मुलुकमा समस्या आएको हो ।’
उनले सबैको पहिचान हुने गरेर संघीयतामा जानु पर्ने दोहर्याए । ‘एकल हामी एकल जातीय पहिचानको विपक्षमा छौं,’ सिंहले भने, ‘थोरै संघीय राज्य बनाएर जानु पर्छ ।’
प्रतिक्रिया